January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, यस्तो छ जिप्रकाको आदेश

2.7K

काठमाडौं –  काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

हाल जारी निषेधाज्ञा आइतबारबाट सकिएपछि अहिलेकै अवस्थामा रहेर १० दिन थपिएको हो । यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने भएको छैन ।

Advertisement