November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘हेड काउण्ट’बाट निर्णय दिने भनेपछि उपेन्द्र यादवले लगे नेताहरुलाई रिसोर्टमा

3.7K

साउन – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई ललितपुरको एक रिसोर्टमा लगेको छ । निर्वाचन आयोगले सोमबार कार्यकारिणी सदस्यहरुको ‘हेड काउण्ट’बाट निर्णय दिने भनेसँगै आफुँ पक्षका कार्यकारिणी सदस्यहरुलाई सुरक्षित गर्न यादवले रिसोर्टमा लगेका हुन् ।

रिसोर्टमा समसामयिक राजनीतिबारे नेताहरुका बीच छलफल चलिरहेको एक कार्यकारिणी सदस्यले जानकारी दिए । आयोगमा उपस्थित हुनेबारेमा तयारीका लागि नेताहरुबीच छलफल चलेको उनले बताए ।

उनका अनुसार रिसोर्टमा जारी बैठकमा ५१ कार्यकारिणी सदस्य मध्ये ३२ सदस्य उपस्थित छन् । महन्थ ठाकुर पक्षमा देखिएका केहि नेताहरुसँग पनि छलफल चलिरहेकोले केहि नेताहरु थपिन सक्ने जानकारी उनले दिए ।

Advertisement

पछिल्लो अवस्थासम्म यादव पक्षमा जसपाका ३२ सांसदमध्ये २१ र ५१ कार्यकारिणी सदस्यमध्ये ३२ जना देखिएका छन् । जुन बहुमतभन्दा माथि हो ।