काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा पाँच राजनीतिक दलको बैठक बसेको छ ।
बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको हो ।
आज बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । देउवा प्रधामन्त्री भएपछि माधव नेपाल पहिलोपटक बालुवाटार पुगेका हुन् ।
यसअघि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेता नेपालले आफु गठबन्धनमा नरहने घोषणा गरेका थिए ।