November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

2.1K

काठमाडौं –  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपाल निकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन् ।

उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन् ।

Advertisement