November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

2.1K

काठमाडौं –  संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो ।

यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो । यहि अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

Advertisement