November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले वैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने पार्टीमा रहँदैनन्

1.8K

काठमाडौं –  नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज (आइतबार) बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो । नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, ‘संस्थागत निर्णय भन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनु हुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनु भएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिंड्न चाहनु भएको देखियो ।’

Advertisement