November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अलमलमा नपरी देउवालाई विश्वासको मत दिनुस् : अस्पतालबाटै खनालको आग्रह

2.3K

काठमाडौं –  नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ती जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अदालतको फैसलाको सम्मान गर्न समेत आग्रह गरेका छन् । खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन् ।
उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन् । देउवाले आज (आइतबार) संसदमा विश्वासको मत लिँदै छन् । आज बजे संसद बैकठ बस्दैछ ।

Advertisement