November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली सरकारद्वारा नियुक्त नौं राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

4.1K

काठमाडौं –  केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाका आधारमा नियुक्त गरेका विभिन्न देशका नौं राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले जानकारी दिएका छन् । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौ जना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए ।

Advertisement

यी हुन् फिर्ता बोलाउने निर्णय भएका राजदूतहरु

–दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा

–अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर

–बहराइनका लागि युवराज कार्की

–श्रीलंकाका लागि रमेशचन्द्र पौडेल

–म्यानमारका लागि नारायणप्रसाद संग्रौला

–ब्राजिलका लागि कुलप्रसाद नेपाल

–डेनमार्कका लागि सुमीत्रा सुवेदी

–साउदी अरेबियाका लागि मेराज मुसलमान

–रसियाका लागि जंगबहादुर चौहान