काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकार गठनका विषयमा छलफल जारी छ । स्थायी कमिटी वैठक सकिना साथ बुढानिलकण्ड पुगेका प्रचण्ड र देउवाबीच अहिले मन्त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लागेपछि मात्र मन्त्री बन्नेहरुको नाम तय गर्ने भएकाले प्रचण्ड र देउवाबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
देउवाले माओवादी केन्द्रलाई ८ वटा मन्त्रालय दिने सकिने संकेत गरेको स्रोतले जानकारी दिएको छ । यद्यपि कुन मन्त्रालय दिने भन्ने खुलाइएको छैन । उता माओवादी केन्द्रको स्थायी समितिको बैठकमा सिनियर नेताहरुलाई देउवा क्याविनेटमा पठाउने समझदारी बनेको एक नेताले जानकारी दिएका छन् ।