काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएसँगै बडालले राजीनामा दिएका हुन् ।
उनलाई मंगलबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयले बिदाइ गर्दैछ । उनी गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।
प्रतिनिधिसभा विघटन भएपछि सरकारको तर्फबाट पहिले खरेलले र अहिले बडालले सरकारको रक्षामा बहस गरेका हुन् । तर सर्वोच्च अदालतले दुवै पटक प्रतिनिधि सभा पुनः स्थापना गरिदिएको छ ।