July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

१८३१ नयाँ संक्रमित, १५३३ जना डिस्चार्ज

165

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

५ हजार ५ सय ३५ जनाको आरटी पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको छ । जसमा पिसिआरबाट १ हजार २ सय ३७ जना र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो । पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सोहि समयमा १ हजार ५ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएको छ । काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको हो ।