July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

ओलीले बोलाए स्थायी कमिटी वैठक, नेपाल पक्ष भन्छ–थाहा भएन

225

काठमाडौं –  नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’ लगायत नेताहरुसहितको स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने
नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले स्थायी कमिटीको बैठकबारे जानकारी नभएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन् ।

बैठकमा माधव पक्षका स्थायी कमिटी सदस्यहरूलाई पनि बोलाइएको छ । न्यौपानेले भने बैठकमा आफूहरु नजाने स्पष्ट पारेका छन् । ‘बैठकबारे हामीलाई थाहै छैन । बैठक हो भने पनि ३ बजे बोलाएर ४ बजे को जान्छ ?’, न्यौपानेले भने ।