April 16, 2024, Tuesday
२०८१ बैशाख ५
1:37:26 pm

ओलीले बोलाए ‘आकस्मिक’ स्थायी कमिटी बैठक

2.5K

काठमाडौं –  नेकपा एमालेले आज (आइतबार) दिउँसो स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी पूर्व माओवादी केन्द्रका नेतासहितको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको एकता जोगाउन सिंहदरबारमा कार्यदलको बैठक जारी रहेकै बेला प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको हो । कार्यदलको बैठक आज सहमतिको खाका सार्वजनिक गर्ने दावी गरिरहेका बेला ओली पक्षले आकस्मिक बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।

यसअघि कार्यदलले तयार गरेको सहमतिको मस्यौदाको भाषालाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए । एमालेका दुई पक्षबीच आज नै सहमति हुने नेताहरुले दाबी गरे पनि पार्टीभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ । वरिष्ठ नेता नेपालले सर्वोच्चको हस्ताक्षर फिर्ता नहुने र अदालतको फैसलालाई प्रभावित गर्ने काम नहुने बताएपछि पार्टी एकता जटिल बनिरहेको छ ।

Advertisement