काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा ४ सयले बढेको छ । बुधबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (मंगलबार) सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसै गरी तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । महासंघका अनुसार प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।