July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

कालिकोटमा जीप दुर्घटना, एकको मृत्यु, चार जना घाइते

150

कालिकोट –  कालिकोटको नरहरिनाथ गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जीप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

एसएसपी चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना यात्रु सवार थिए । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।