July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

काटमाठौं थानकोटमा चक्कु प्रहार गरी एक युवाको हत्या, दुई जना पक्राउ

235

काठमाडौं –  काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३० वर्षीय जितेन्द्र साहमाथि चक्कु प्रहार भएको थियो ।

उनको घाँटी र ढाडमा चक्कु लागेको थियो । गम्भीर घाइते साहको सोमबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो । उनी हाल चन्द्रागिरि नगरपालिका–३ थानकोट मंगलोदय स्कुल नजिकै बस्दै आएका थिए । चक्कु प्रहार गर्ने थानकोटका ३६ वर्षीय सोमलाल गोपालीसहित तीन जनाको संलग्नता रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।

गोपालीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको थियो । मकवानपुर दामन–९ घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको छ । अर्का एक फरार छन् ।