November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

असार २८ गते संसद् विघटन सम्बन्धी फैसला आउने

1.9K

काठमाडौं-  प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएकाे छ। सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो।

सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए। 

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

Advertisement

जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस भएको हो। 

संवैधानिक इजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन्।