November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साउन १५ सम्म मध्यावधि निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

1.8K

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आउँदो कार्तिक २६ र मंसिर ३ गतेका लागि तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय रहेको छ।

आयोगले मतदाताहरुको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुने जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गरेकी थिइन। उनले मन्त्रिपरिषद्को सिफारिसमा कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी भएपनि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।