November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भयो : नारायणकाजी

1.8K

काठमाडौं –  नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसकेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको आज (सोमबार) को वैठकमा बोल्दै उनले राष्ट्रियताको विषयमा भएको ओलीको चर्चा धोका मात्र भएको बताए । उनले प्रधानमन्त्री ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप समेत लगाए ।

श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नु भयो ।’

Advertisement

अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उनले भने, ‘बरु विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ । यो क्षम्य छैन ।’