November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुजिताको हत्यारा पक्रिन माग गर्दै चितवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

4.3K

चितवन –  चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी हुन् । उनको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि विरोध प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

स्थानीयसँग सहमति गरी राजमार्ग खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भन्दै आफन्तले सनाखत गरिसकेका छन् ।

Advertisement

वडा नम्बर–३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाात हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सविताले आत्तिादै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।

चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् ।

‘झोला ३२० रुपैयाँ पनि भेटिएको छ,’ एसपी अधिकारीले भने, ‘मृतकको दिदीले त्यो झोला आफूले पसलबाट सामान लिएर आएको हो भन्नु भएको छ । झोला काटिएको अवस्थामा छ । छेउमै बोतलमा सेतो पदार्थ समेत भेटिएकोमा मृतकको बुबालाई सनाखत गराउँदा पतेरालाई हाल्ने विषादी भएको हुन सक्ने बताउनु भयो ।’

घटनामा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै एसपी अधिकारीले शव पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए । ‘चाँडै नै सत्यतथ्य पत्ता लगाउने छौं,’ उनले भने ।