November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सरकारी वकिलको दाबी : संसद् पुनर्स्थापना भए झन् ठूलो समस्या हुन्छ

2.1K

काठमाडौं- नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले संसद् पुनर्स्थापना भए झन् ठूलो समस्या हुने तर्क गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले विगतमा संसद् पुनर्स्थापना भएपछिको राजनीतिक अवस्था राम्रो नभएको तर्क गरे। 

‘पुनर्स्थापना भएपछि संसद्‌मा हर्स डेडिङ हुन सक्छ। संसद् पुनर्स्थापना भएपछि झन ठूलाे समस्या आउँछ’, पाण्डेयले भने। सोमबार एउटा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले पुनर्स्थापनाले पनि समस्या समाधान नहुने भनेकाे पाण्डेयले बताए।

Advertisement

‘यसकारण रिट जारी हुनु हुँदैन’, पाण्डेयले थपे।