November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपतिलाई महाभियोग नलगाए ठूलो संकट आउनेवाला छ : रमन श्रेष्ठ

4.5K

काठमाडौं –  वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले संसद् पुनः स्थापना भए तत्काल राष्ट्रपतिलाई महाभियोग नलगाउने हो भने ठूलो संकट आउने चेतावनी दिएका छन् ।

आज (सोमबार) सोमबार विपक्षी पाँच दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीविसँग नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारको कदमको प्रतिरक्षा गर्न अदालतमा आएको जवाफमा सरकार बनाउने अधिकार राष्ट्रपतिमा रहेको दाबी गरिएकाले सचेत रहन विपक्षी गठबन्धनलाई आग्रह गरे ।

उनले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएकाले विपक्षी गठबन्धनको भविष्य र मार्गचित्र के छ स्पष्ट पार्न आग्रह गरे । उनले यदि भोलि शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा विश्वासको मत लिनुपर्ने अवस्था आउँदा माधव नेपाल पक्षका सांसदले के गर्छन् भन्दै प्रश्न गरेका छन् ।

Advertisement

यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको बताएका छन् । सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले पहिलो पटक संसद पुनःस्थापना भएपछि विपक्षी दलले प्रधानमन्त्री हटाउन लाग्नुपर्नेमा अल्मलिँदा राजनीतिक समस्या बढेको बताए ।

माओवादीले सरकारलाई दिएको समर्थन समयमै फिर्ता नलिनु पनि रहस्यको विषय भएको उल्लेख गर्दै संसद पुनःस्थापना भएको बेला सरकार हटाउन नसक्नु कमजोरी भएको उल्लेख गरे । नेपालको राजनीतिमा गठबन्धनहरू परिवर्तन भइरहने बताउँदै नेताहरूलाई पर्दा पछाडिबाट च्याम्पट्टी घुमाए जसरी कसले घुमाउँछ भन्दै प्रश्न गरे ।

उनले विगतका गठबन्धन पनि चीरस्थायी नबनेको बताउँदै अहिले गठबन्धन चीरस्थायी रहने आधार स्पष्ट पार्न आग्रह गरेका छन् । प्राध्यापक बिजय सिलवालले आउँदो निर्वाचन पछिसम्म यो विपक्षी गठबन्धन कायम राख्न सुझाव दिए ।