November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर सडक प्रदर्शन गर्ने

2.4K

काठमाण्डु – संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाण्डुलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।

सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्वयू(क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसदविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।

प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् ।

Advertisement

संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुर्स्थापना गर्नेमा समेत ति संगठनहरुले विश्वास व्यक्त गरेका छन् । यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिगेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए ।

लकडाउन अबधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र बिरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।

साथै विज्ञप्तिमा सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरि शैक्षिक बाताबरण तयार गर्न माग गरिएको छ ।