November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीले भने, ‘माधव नेपाललाई प्रम प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

3K

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपाल जस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखें रे’, उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’ माधव नेपालले आफैले आफ्नो मत्ता बढाएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहालका मामुली कार्यकर्ता भएको टिप्पणी गरेका छन् । माधव नेपाल प्रचण्डको पुच्छर भएको भन्दै कटाक्ष गरेका ओलीले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाए ।

Advertisement