November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

थापाथलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

2.1K

काठमाडौँ– काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा आज एकजनाको मृत्यु भएको छ ।

थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ ।

Advertisement

सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मृतक खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुन् । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।