July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

जग्गा विवादमा छोराले गरे बुवाको हत्या

255

धनुषा – धनुषाधाम नगरपालिका १ काशीपुरका श्रीकृष्ण यादवले बिहीवार राति आफ्नै बुवा बिसो यादवको हत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार घरमै सुतिरहेका बेला मुसल(मसला कुट्ने)ले हानेर श्रीकृष्णले बुवाको हत्या गरेको प्रारम्भिर अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी छोरा ३५ वर्षीय श्रीकृष्णलाई घरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको निरीक्षक ठाकुरले बताए ।जग्गाको विवादमा श्रीकृष्णले बुवाको हत्या गरेको स्थानीय बताउँछन् ।

हत्या गरिएका बिसोको शव प्रहरीले मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगेको छ ।