July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

काठमाडौंमा टिप्परले ठक्कर दिंदा साइकल यात्रीको गयो ज्यान

250

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिंदा आज (शुक्रबार) बिहान एक साइकल यात्रीको ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकल यात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।