July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

आज २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

235

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २,४७४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,२५३ पिसीआर र ४,९९७ ऐन्टिजेन गरी १२,२३२ नमुना परीक्षणमा २,४७४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३३, ललितपुरमा ६८ र काठमाडौंमा २३४ गरी उपत्यकामा ३३५ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना र ऐन्टिजेन विधिबाट २९ हजार ९३४ गरी कूल ६ लाख ५९ हजार ३६५ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ६५ हजार २९१ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५१८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,९१८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४९ हजार ५५४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६,५०२ र संस्थागत आइसोलेशनमा ३०५३ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३६ र भेन्टिलेटरमा २०७ जनाको उपचार भइरहेको छ ।