August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

प्रधानमन्त्रीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृहमा विष्णु पौडेल

490

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

उनले  आफ्नो भागमा रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पौडेलले अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य, वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Advertisement

गत मंगलबार सर्वोच्च अदालतले नवनियुक्त २० जना मन्त्रीलाई पदमुक्त गरेको थियो । सर्वोच्चले प्रतिनिधि सभा विघटन भएपछि चुनावी कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने बताएको थियो ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ रहेका छन् । प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

पदमुक्त हुनेहरुमा रघुबीर महासेठ, परराष्ट्र, राजेन्द्र महतो, सहरी विकास खगराज अधिकारी, गृह, शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झा, खानेपानी, शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्ख्या, राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, नैनकला थापा, सञ्‍चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास, बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास, उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ, युवा तथा खेलकुद, नारद मुनि राना, वन तथा वातावरण, गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, आशाकुमारी विक, वन तथा वातावरण रहेका छन् ।