July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

प्रचण्डले भने ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ

190

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुभन्दा सक्षम आए नेतृत्व छोड्न तयार भएको बताएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा आफूहरुभन्दा सक्षम नेतृत्व नभएकाले यही नेतृत्वलाई स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

प्रचण्डले नेपाली कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिँडेको तर, प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतन्त्र सिध्याउन हिँडेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओली विदेशी दलालको टाङमुनि पुगेको आरोप लगाए ।

‘यो भन्दा राम्रा नेता ल्याउन सके हामी छोड्न तयार छौं । कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ’, प्रचण्डले भने, ‘कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ ।’

उनले गठबन्धन दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन निरन्तर रहने बताएका छन् ।