July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

वरिष्ठ अधिवक्ता दाहालको प्रश्न : संसद् जोगाउने प्रयासलाई निर्दलीय भनेर खिसिट्युरी गर्ने ?

185

काठमाडौं –  वरिष्ठ अधिवक्ता हरिहर दाहालले संसद् जोगाउने कुरा गर्दा सरकारी पक्षले निर्दलीय भनेर खिसिट्युरी गरेको बताएका छन् ।

सर्वोच्च अदालतमा जारी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहुमत पुग्दा पनि दलीय हैसियत खोज्ने अधिकार राष्ट्रपतिलाई कसले दियो ? भन्दै प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिले सूचना एउटा जारी गर्नु भएको छ’, उनले भने, ‘फेरि उहाँले दलीय हैसियत नपुगेको भन्नु भएको छ । उहाँलाई संविधानले ७६ (५) मा पुगेपछि दलीय हैसियत खोज्ने अधिकार कसले दियो ? उहाँहरुले अहिले फेरि निर्दलीय अभ्यास भन्दै हुनुहुन्छ । सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई यसरी खिसिट्युरी गर्न मिल्छ ?’