November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दल बदल्ने स्थानीय तहदेखिका नेतालाई माओवादी केन्द्रले निष्कासन गर्‍यो

2.3K

काठमाडौं –  नेकपाको केन्द्रीय कमिटीको आकस्मिक बैठकले पार्टी छोडेका नेताहरुलाई कारबाही गर्दै निष्कासन गर्ने निर्णय गरेको छ ।

आज विहान बसेको भर्चुअल बैठकले केन्द्रीय सदस्य, प्रदेश सांसद र स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचन जितेर पार्टी परित्याग गरेका १४ जनालाई कारबाही गरेको हो ।

पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो । तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन । केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै माओवादी केन्द्रीले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने छ ।

Advertisement

आजको बैठकले कारबाहीलाई अनुमोदन गरेको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयीक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।