काठमाडाैं- गत २४ घण्टाभित्र तीन हजार ९९४ जनाले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आसोलेसन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ।