June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

गण्डकी प्रदेश सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

85

काठमाडौं- गण्डकी प्रदेश सभा बैठक स्थगित गर्न सत्तारूढ एमालेले माग गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको छ।

जनमोर्चाका सांसद कृष्ण थापामाथि पार्टीले गरेको कारबाही सदनमा प्राप्त भएको सूचना पढेर बैठक स्थगित गरिएको छ। नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा एमाले सांसदहरु उठेर बैठक स्थगित गर्न माग गरेका थिए।

बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले सदन रोक्न उनीहरुले माग गरेका थिए। एमाले सांसदहरुको माग बमोजिम सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगित गरेका छन्।