June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

सडकबाट जीप खस्दा चालकको गयो ज्यान

55

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिएका छन् । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।