June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

अन्ततः सुदूरपश्चिम प्रदेश सरकारले पायो विश्वासको मत

100

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । जसअन्तर्गत मुख्यमन्त्रीको पक्षमा ३० मत र विपक्षमा ९ मत परेको थियो । यस्तै काँग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी नभएको बताइएको छ ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।