April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

देउवा, प्रचण्ड र नेपाल छलफलमा

2.2K

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अगाडि सारेपछि विपक्षी गठवन्धनका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ। 

सोमबार बिहानैदेखि नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता र छलफल भइरहेको छ। 

यसैबीच सोमबार दिउँसो देउवाको बुढानीलकण्ठस्थित निवासमा देउवा, प्रचण्ड र नेपालबीचको छलफल भएको छ। 

Advertisement

देउवा र नेपालबीचको छलफल चलिरहेका बेला प्रचण्ड पनि बुढानीलकण्ठ पुगेका हुन्।