April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ आज

2K

काठमाडौं– कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ  आज (अइतबार) दिउँसो हुने भएको छ। नेपाली कांग्रेसबाट  सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ नियुक्त भएका हुन्। 

सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले बताए।

सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको निर्णयअनुसार उनीहरु मन्त्रीमण्डलमा सहभागी भएका हुन्।

Advertisement

एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो। वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको थियो।

एमालेका चार जनाले ’फ्लोर क्रस’ गर्दा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए। फ्लोर क्रस गर्ने तीन जना वैशाख ४ गते मन्त्री भएका थिए।

कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो।