June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

140

काठमाडौंं- नेकपा एमालेको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘एमाले स्थायी कमिटीको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’

यसअघि बुधबार पनि बैठक सारिएको थियो । त्यसअघि एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको थियो । पार्टीको एकतालाई कसरी बचाउने भन्नेबारे छलफल भइरहेकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।