June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

पार्टी निर्देशन उल्लंघन गरेका कृष्ण थापालाई जनमोर्चाले सांसदबाट पनि हटायो

210

पोखरा- राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको आज (बिहीबार) बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको जानकारी दिएका छन् । पोखरेलका अनुसार उक्त निवेदन दिउँसो १२ः२५ मा सचिवलायमा दर्ता भएको छ । बिहीबार १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइने जनाइँदै पोखरेलले निवेदकको माग बमोजिम सांसद पद खारेज हुने बताए ।

यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बाग्लुङ–१ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।