June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

विपक्षी गठबन्धन भोली मात्रै सर्वोच्च जाने, १४९ बढि सांसदको हस्ताक्षर जुटेको दाबी

310

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्व विपक्षी गठबन्धनले सोमबार मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दिने भएको छ । माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर नजुटेको र अन्य तयारी पुरा नभएसँगै गठबन्धन भोली मात्रै अदालत जाने निर्णयमा पुगेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार रिट तयार गर्न समय लागेकाले सोमबार जाने निर्णय गरिएको हो । ‘रिट तयार हुँदै छ, बेलुकासम्म मात्रै रिट तयार हुन्छ, श–शरीर उपस्थित भएर हामी अदालतमा रिट दर्ता गर्न जाने तयारीमा छौं’, सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रचण्डले भनेका छन्, ‘आजै जाने हाम्रो विचार थियो, तर समय पुगेन । हामी भोली फस्ट वावरमै हामी पुग्छौं ।’

प्रचण्डले १४९ भन्दा बढि सांसदको हस्ताक्षर संकलन भएको बताएका छन् । माधव पक्षका सांसदहरु नआएको चर्चा भईरहेका बेला प्रचण्डले यस्तो दाबी गरे ।

‘केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

आइतबार सर्वोच्च अदालत जाने भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव समूहका सांसदहरु बानेश्वरमा भेला भएका थिए ।