March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

3.7K

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कर्णाली प्रदेशका प्रदेश प्रमुख गाविन्दप्रसाद कालौनीले नवनियुक्त दुई मन्त्री सीता नेपाली र गोपाल शर्मालाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका सचेतक नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्।

Advertisement

कर्णाली प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधार(९) र धारा १७० को उपधार (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिमण्डलको पुनर्गठन गरेको जनाएको छ।