September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

६ सय सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

845

काठमाडौं-  गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त हुने करिव ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

आज (शनिबार) ओमानको राजधानी मस्कटका लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने जनाइएको छ । यस्तै आज (शनिबार) साँझ नै चीनको बेइजिङमाको लागि उडान भर्नेछ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यहाँको सिलिण्डर उत्पादनको अवस्थालाई हेरेर कति दिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।