June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

कांग्रेस संसदीय दलको बैठक : ओलीलाई विश्वासको मत पुग्न नदिने निर्णय

1.3K

काठमाडौं –  प्रमुख पूतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

भर्खरै सकिएको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिले र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको कांग्रेस सांसद डा. डिला संग्रौलाले जानकारी दिएकी छिन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र–डा. बाबुराम भट्टराई पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबीच गठबन्धन बनेको छ । गठबन्धनले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।