May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

अन्त्य भयो सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन

420

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन मंगलबार अन्त्य भएको छ। मंगलबार बसेको प्रदेश सभाको २१ औं बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सभामुखले मंगलबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराएका छन्।

सभामा सभामुख थापाले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन २०७८ साल वैशाख ७ गते रातको १२ बजेदेखि अन्त्य गरेको पत्र पढी सभामा जानकारी गराए।

सभामुख थापाका अनुसार सातौं अधिवेशन २० दिनसम्म सञ्चालन भएको थियो। उनले १७ घण्टा १८ मिनेटसम्म सञ्चालन भएको अधिवेशनमा २१ वटा बैठक सम्पन्न भएको जानकारी दिए। उनका अनुसार सातौं अधिवेशनमा विशेष  समय आठ पटक र शून्य समय दुई पटक सञ्चालन भएको थियो।

२०७७ माघ २६ गतेबाट शुरु भएको सातौं अधिवेशनबाट सात वटा विधेयक पारित गरेको थियो भने चार वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ।

सभामुख थापाका अनुसार अधिवेशनबाट प्रदेश वालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेशको विउविजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको थियो।