May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

लुम्बिनी प्रदेशमा दुई मन्त्रीले दिए राजीनामा

515

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेशमा दुई मन्त्रीले राजीनामा बुझाएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

माओवादि तर्फका दुई मन्त्रीले संयुक्त विज्ञप्ति निकाल्दै मुख्यमन्त्री शंकर पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् ।

आजै मात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राजीनामा बुझाउने एक मध्ये कुलप्रसाद केसीलाई भने नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।