April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

280

गण्डकी – गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले केहीबेर अघि मुख्यमन्त्री गुरुङलाई राजीनामा बुझाएका हुन्

प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनु परेको बताए ।