August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

कर्णाली प्रदेश सरकार अल्पमतमा

2.2K

काठमाडाैं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका शाहीलाई एमालेले साथ छोडेपछि अल्पमतमा परेका हुन्।

संसदीय दलको निर्देशनअनुसार माधवकुमार नेपालपक्षीय तीन मन्त्रीले मंगलबार राजीनामा दिएका हुन्। संयुक्तरुपमा राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।

चैत ४ मा बसेको संसदीय दलको बैठकले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिने अडान लिएको थियो। माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिएपछि शाहीको सरकार टिकेको थियो।

Advertisement