April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

रहर भए ‘रेडबुक’ नै एकैपटक शिलान्यास गरिदिनुस्: प्रधानमन्त्रीलाई भरत साहको सुझाव

240

काठमाडौं– नेपाली कांग्रेसका सांसद् भरत साहले प्रधानमन्त्रीले १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक एकैपटक शिलान्यास गरेकोमा व्यंग्य गरेका छन्।

सोमबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई शिलान्यासको रहर हो भने रेडबुक एकैपटक शिलान्यास गरिदिए भइहाल्यो नि भन्दै व्यंग्य गरे।

के भने साहले?

‘भर्खरै प्रधानमन्त्रीले १६५ वटा रणनैतिक सडकको उद्घाटन गर्नुभएको छ। न एलाइन्मेन्ट भएको छ, न कुनै डिपिआर भएको छ, तर शिलान्यास गर्नुभएको छ। उहाँलाई शिलान्यासको रहर हो भने रेडबुक एकैपटक शिलान्यास गरिदिए भइहाल्यो।’