April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

सुदूरपश्चिम प्रदेशमा भेरियन्टको कोरोना संक्रमण पुष्टि

270

धनगढी- सुदूरपश्चिम प्रदेशमा  नयाँ  प्रकार (भेरियन्ट) को कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा नयाँ  प्रकारकाे संक्रमण पुष्टि भएको हो।

त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए। भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो।

संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको जनाएको छ। उनीहरुमा देखिएको भेरियन्ट कुन प्रकारका हो भनेर पुष्टि भने हुन नसकेको बताइएको ।

पछिल्लो समयमा भारतबाट नेपाल आउने धेरैमा कोरोना संक्रमण देखिन थालेको छ।